पाकिस्तानमा यात्रु बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, १५ घाइते
इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
४० भन्दा बढी यात्रु बोकेको बस दक्षिणी बन्दरगाह सहर कराँचीबाट उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गर्दा चालकको लापरवाहीका कारण दुर्घटना भएको मोटरवे प्रहरीका प्रवक्ता साकिब वाहिदले जानकारी दिए ।
घाइतेलाई तत्कालै नजिकैको जिल्ला सदरमुकाममा उपचारका लागि लगिएको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ ।