क्यानडाले लगायो रुसमाथि थप प्रतिबन्ध
बीबीसी । क्यानडाले रुसी तेल ट्याङ्कर तथा जहाजमाथि प्रतिबन्ध लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर तथा जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।
ट्रुडोले सामाजिक सञ्जामार्फत प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् । रुसले तेलबाट हुने कमाइ युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको ट्रुडोले जनाएका छन् ।
उनले रुसका १०९ वटा तेल ट्याङ्कर तथा जहाजमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको पनि उल्लेख गरेका छन् । अमेरिकाले संयुक्त राष्ट्र संघमा युक्रेनको विपक्ष र रुसको पक्षमा मत दिएको केही समयपछि ट्रुडोको यस्तो भनाइ आएको हो ।