अफगानिस्तानमा बेलायती दम्पती पक्राउ



लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत्तिलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले सोमबार बताइन् । उनले बेलायती कूटनीतिज्ञहरूलाई उनीहरूको रिहाईका लागि ‘आफ्नो शक्तिले भ्याएसम्म’ गर्न आग्रह गरेकी छन् ।

सत्तरी वर्ष पुगेका पिटर र बार्बी रेनोल्ड्सले अफगानिस्तानमा १८ वर्षदेखि विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका थिए र उनीहरूलाई तीन हप्ता पहिले पक्राउ गरिएको थियो ।

पक्राउ परेका बेलायती दम्पत्तिकी छोरी सारा एन्ट्विस्टल र उनका तीन भाइले सुरुमा बेलायती अधिकारीहरूलाई रिहाइका लागि सामेल नगराउने निर्णय गरेका तर तालिवान प्रशासनले आफूहरूको आवाज नसुनेपछि सार्वजनिक अपिल गरेको सोमबार टाइम्सरेडियोसँग साराले बताइन् ।

यसैबीच तालिवान प्रशासन र बेलायती विदेश मन्त्रालयले दम्पतीको गिरफ्तारीबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याक्रोनले युक्रेनमा शान्तिका लागि ट्रम्पलाई ‘प्रस्ताव’ पेस गर्ने

वासिङ्टन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार वासिङ्टनमा आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ

मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र

मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट आठ जनाको मृत्यु

मेक्सिको । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा

जर्मनीमा फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीको जित

बीबीसी । फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीले जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले