मध्य मेक्सिकोमा बन्दुकधारीको आक्रमणबाट आठ जनाको मृत्यु



मेक्सिको । मेक्सिकोको हिंसात्मक हुने स्थानमध्येको एक राज्य सेलायामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ ।

ग्वानाजुआटोको सडकमा शनिबार राति पाँच महिला र तीन पुरुषको हत्या भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

ग्वानाजुआटो एक समृद्ध औद्योगिक केन्द्र हो र धेरै लोकप्रिय पर्यटन गन्तव्य हो भने यहाँ हुने हिंसात्मक गतिविधिका कारण यसलाई मेक्सिकोको एक हिंस्रक राज्य पनि मानिन्छ ।

सन् २०२३ मा बन्दुकधारीले जल उद्यानमा आक्रमण गरी एक बालकसहित सात जनाको हत्या गरेको थियो ।

नेसनल गार्डले आइतबार ग्वानाजुआटोमा सान्टा रोजा डे लिमा कार्टेलका लागि आक्रमणको नेतृत्व गरेको पहिचान गरिएको भनिएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ग्वानाजुआटोमा भएको हिंसालाई ‘सान्टा रोजा डे लिमा’ गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्येको एक ‘जालिस्को न्यू जेनेरेसन कार्टेल’बीच चलिरहेको द्वन्द्वसँग जोडिएको छ।

मेक्सिकोमा सन् २००६ मा मानव बेचबिखन नियन्त्रणका लागि सेना परिचालन गरेयता लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख ८० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बेलायती दम्पती पक्राउ

लण्डन । अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।

कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ

मस्को । युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका बासिन्दाहरूको उद्धारका लागि मस्कोले किएभ र

जर्मनीमा फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीको जित

बीबीसी । फ्रिडरिख मेट्र्स नेतृत्वको कन्जर्भेटिभ पार्टीले जर्मनीको आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले

युक्रेन युद्ध तेस्रो वर्षमाः युक्रेनी शान्तिका लागि पद त्याग्न तयार रहेको जेलेन्स्कीको भनाइ

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिस्थापनाका लागि आफू राष्ट्रपति पदबाट राजीनामा