रुसको कब्जामा रहेको तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनी ‘महत्त्वपूर्ण’ स्रोतहरू रहेको किएभको भनाई



किएभ । रुसले कब्जा गरेका क्षेत्रहरूमा करिब तीन खर्ब ५० अर्ब डलर बराबरको युक्रेनको महत्त्वपूर्ण स्रोतहरू रहेको युक्रेनी अधिकारीहरूले  बताएका छन् । यस्तो बेला वासिङ्टनले देशको स्रोत आधारमा प्राथमिक पहुँच सुनिश्चित गर्न सम्झौताका लागि दबाब दिइरहेको छ ।

किएभले राष्ट्रपति जो बाइडेनको कार्यकालमा प्रदान गरिएको सहयोगको क्षतिपूर्तिका रूपमा युक्रेनका स्रोतहरू प्रयोग गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको मागलाई अस्वीकार गरिरहेको छ ।

तर युक्रेनको स्रोत आधारको ठूलो भाग यसको औद्योगिक पूर्वी डोनबास क्षेत्रमा छ र त्यहाँ रुसले क्षेत्र कब्जा गरेको छ र अझै अघि बढिरहेको छ ।

“दुर्भाग्यवश, अस्थायी रूपमा कब्जा गरिएको क्षेत्रमा करिब तीन खर्ब ५० अर्ब डलर मूल्यका यी उपयोगी सामग्रीहरू छन् भन्ने जानकारी हामीसँग छ”, उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले किएभमा पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार भण्डारहरूको केही तथ्याङ्कहरू ‘पुरानो’ भए पनि यो अनुमान भूगर्भीय सर्वेक्षण र खुला स्रोत तथ्याङ्कमा आधारित छ ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिथियम, टाइटेनियम, युरेनियम र दुर्लभ पृथ्वी धातुहरू जस्ता महत्त्वपूर्ण स्रोतहरूमा पहुँचको साटो ट्रम्पबाट ठोस सुरक्षा ग्यारेन्टी चाहेका छन् । तिनीहरू इलेक्ट्रोनिक्स उत्पादनका लागि महत्त्वपूर्ण छन् ।

ट्रम्प र उनका सहयोगीहरूले सम्झौतामा हस्ताक्षर गर्न जेलेन्स्कीको अनिच्छाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

युक्रेनको एक स्रोतले एएफपीलाई बताए अनुसार युक्रेनी नेता हालको अमेरिकी मागहरूमा सहमत हुन ‘तयार छैनन्’ ।

उनका चिफ अफ स्टाफ एन्ड्री यर्माकले आइतबार वार्ता ‘सामान्य’ शैलीमा अघि बढिरहेको बताए । “कसैले पनि केही अस्वीकार गरेका छैनन् । सामान्य कार्य प्रक्रिया चलिरहेको छ र यसमा एक दिन वा महिना लाग्न सक्छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्टारलिङ्कको पहुँच कटौती भएमा ‘विकल्प’ मा काम गर्दै किएभ

  किएभ । युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले आइतबार संयुक्त राज्य अमेरिकाले पहुँच रोक्न

पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

जेरुसेलम। इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी

इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’

पोप फ्रान्सिसको स्वास्थ्य जटिल

भ्याटिकन सिटी। क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उनको कार्यालयले जनाएको