ग्रिनेड विस्फोट हुँदा कम्बोडियामा दुई बालबालिकाको मृत्यु



नोमपेन । कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग भएको ग्रेनेड घर नजिकै विस्फोट हुँदा कम्बोडियाका दुई बालबालिकाको मृत्यु भएको अधिकारीले आइतबार बताएका छन् ।

सन् १९८० र १९९० को दशकमा कम्बोडियाली सरकारी सैनिक र खमेर रुज लडाकुका लागि युद्धस्थल रहेको उत्तरपश्चिमी सिम रिप प्रान्तको दुर्गम गाउँमा शनिबार विस्फोट भएको हो ।

मृत्यु हुनेमा दुई वर्षका एक बालक र एक बालिका रहेका छन् ।

कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी) का महानिर्देशक हेङ रतनाले भने, “अनुसन्धान प्रतिवेदनअनुसार दुई जना बालबालिका खेल्ने क्रममा जमिनमा माटो खनिरहेको बेला खन्ने औजारले ग्रिनेडलाई कोप्दा विस्फोट भएको र विस्फोटका कारण ती दुई बालबबालिकाको ज्यान गएको छ ।”

उनकाअनुसार एक बालकको घटनास्थलमा नै मृत्यु भएको छ भने अर्का एक बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

“कम्बोडियामा पूर्ण रूपमा युद्ध समाप्त भएको छ र २५ वर्षभन्दा बढी समयदेखि शान्ति छ तर बारूदी सुरङ्ग र युद्धका अवशेषका कारण कम्बोडियाली जनताको रगत बगिरहेको छ,” हेङ रतनाले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि विदेशी सहायता रोक्का गर्ने आदेश दिएपछि वासिङ्टनले अचानक आर्थिक सहयोग रोकेपछि कम्बोडियाले केही हप्ताका लागि डिमाइनिङ अपरेसन आंशिक रूपमा स्थगन गरेका समय यो दुर्घटना भएको हो ।

शुक्रबार कम्बोडियाली अधिकारीहरूले अमेरिकाले देशमा कामको लागि वित्त पोषण जारी राख्नको लागि छूट प्रदान गरेपछि नफुटेका युद्ध सामग्रीहरू सफा गर्ने कार्यलाई निरन्तरता दिइनुपर्ने बारूदी सुरूङ सफाई अधिकारीले बताएका छन् ।

कम्बोडियामा सन् १९६० को दशकदेखि सुरु भएको दशकौँ लामो युद्धका समय फ्याँकिएका गोलाबारुद र हातहतियार अहिले पनि व्यापक रूपमा भेटिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

जेरुसेलम। इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी

इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’

पोप फ्रान्सिसको स्वास्थ्य जटिल

भ्याटिकन सिटी। क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उनको कार्यालयले जनाएको

अमेरिकामा सङ्घीय कर्मचारीहरूलाई लक्षित गरी पत्र, उपलब्धिको सूची नबुझाए राजीनामा दिन चेतावनी

बीबीसी । अमेरिकाका सरकारी कर्मचारीहरूलाई इमेलमा उनीहरूलाई गत साताका उपलब्धिहरू सूचीबद्ध गर्न वा