हमासद्वारा बिबास परिवारका तीनसहित चार जना इजरायली बन्धकको शव हस्तान्तरण



खान युनिस । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ ।

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो । यो हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ । बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ ।

दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो ।

हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो ।

प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ ।

इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ ।

हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो ।

केटाहरूका बुबा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजा पट्टीबाट बन्धक–कैदी आदानप्रदानमा रिहा गरिएको थियो।

गाजामा १५ महिनाभन्दा लामो संघर्षपछि जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो छ हप्ताको प्रथम चरणको एक हिस्साका रुपमा उनीहरुको शव स्वदेश फिर्ता गरिएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार बन्धकको शब फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताएका थिए ।
युद्धविरामको पहिलो चरणअन्तर्गत अहिलेसम्म एक हजार १०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको बदलामा १९ जना इजरायली बन्धकलाई लडाकूहरूले रेड क्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण अफ्रिकाले युद्ध अन्त्य गर्नेबारे छलफलका लागि जेलेन्स्कीलाई ‘चाँडै’ निमन्त्रणा गर्ने

  जोहानेसबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीलाई

ब्राजिलको साओ पाउलोमा बस र ट्रक ठोक्किँदा विश्वविद्यालयका १२ विद्यार्थीको मृत्यु

ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका

अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप: समाचार संस्था एपी ‘कट्टर वामपन्थी सङ्गठन’ हो

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी सङ्गठन’ को

जापानमा शहरी क्षेत्रमा आउने भालु मार्न पाइने

टोकियो । जङ्गली जनावरसँग मानव मुठभेड भएका घटना बढेपछि जापानको मन्त्रिपरिषद्ले आफ्नो विवेकले