नयाँदिल्ली आसपासका क्षेत्रमा भूकम्प, सतर्क रहन मोदीको अपील



बीबीसी । भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ५ जबेर ३६ मिनेटमा दिल्ली र आसपासका क्षेत्रमा ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सतर्क रहन अपील गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘दिल्ली र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । म सबैलाई सुरक्षा सावधानीहरू पालना गर्न अपील गर्दछु। सतर्क रहनुहोस्।’

दिल्ली प्रहरीले पनि सबैलाई सुरक्षित रहन र आपतकालीन मद्दतको लागि ११२ मा फोन गर्न आग्रह गरेको छ । भूकम्पको केन्द्रविन्दु दिल्लीको जमिनबाट ५ किलोमिटर गहिराइमा रहेको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ग्रिनल्यान्डको संसदीय चुनावमा अतिराष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त

ग्रिनल्यान्ड । अतिराष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको

अमेरिका र रुसका गुप्तचर प्रमुखहरू नियमित सम्पर्क कायम राख्न सहमत

मस्को । अमेरिका र रुसका गुप्तचर निकायका प्रमुखहरूले फोनमा कुराकानी गरेको र अमेरिका–रुस

भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्म र स्पेसएक्सबीच सम्झौता

मुम्बई। भारतीय अर्बपति मुकेश अम्बानीको जियो प्लाटफर्मले बुधबार एलन मस्कको स्पेसएक्ससँग स्टारलिङ्कको उपग्रह

ट्रम्पको व्यापार युद्धपछि रुबियो क्यानाडा जाँदै

जेद्दा । अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको उच्चस्तरीय भ्रमणमा बुधबार