इजरायलमा साइबर सुरक्षा सप्ताह सुरु
जेरुसेलम । इजरायलले आफ्नो वार्षिक साइबर सुरक्षा सप्ताह सुरु गरेको छ । यसको मुख्य उद्देश्य इजरायल राष्ट्रिय साइबर निर्देशनालय (आइएनसीडी) द्वारा आयोजित राष्ट्रव्यापी गतिविधिहरूको श्रृङ्खलामार्फत साइबर धम्कीहरूबारे जनचेतना जगाउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा सेना, सरकारी शाखा र अन्य सङ्घसंस्थाको सहभागिता रहेको छ । आइएनसीडीले साइबर सुरक्षा सचेतनालाई थप वृद्धि गर्न व्यापक सामाजिक सञ्जाल अभियान पनि सुरु गर्नेछ ।
देशको राष्ट्रिय बाल अनलाइन संरक्षण महिनासँगै यस वर्षको साइबर सुरक्षा सप्ताहले विद्यालयमा अनलाइन सुरक्षासम्बन्धी व्याख्यानसहित युवा पुस्तालाई केन्द्रित गर्नेछ ।
कार्यक्रमले ‘साइबर एम्बेसेडर’ पहलको सुरुवातलाई पनि चिन्ह लगाउँछ, जसअन्तर्गत कक्षा ८ का ४० जना विद्यार्थीहरूले माइक्रोसफ्ट र आईएनसीडीबाट सूचना एजेन्टहरूको रूपमा सेवा गर्न प्रशिक्षण प्राप्त गर्नेछन् ।
यी विद्यार्थीहरूले आफ्ना साथीहरूलाई सामाजिक सञ्जाल र हानिकारक सामग्री अनलाइनमा साइबर खतराहरूका जोखिमहरूका साथै साइबर संसारमा आफूलाई सुरक्षित राख्ने तरिकाहरू बारे सिकाउनेछन् ।