भारतमा दुई छुट्टाछुट्टै दुर्घटनामा १४ जनाको मृत्यु



नयाँदिल्ली । उत्तर प्रदेशको प्रयागराज जिल्ला नजिकै विपरित दिशाबाट आउँदै गरेको बस गाडीसँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने करिब १९ जना घाइते भएका छन् । मिर्जापुर–प्रयागराज राजमार्गमा मध्यरात करिब १२ बजे दुर्घटना भएको हो ।

मृत्यु हुनेहरू मध्य राज्य छत्तीसगढका थिए । उनीहरू पवित्र स्नान गर्न प्रयागराज जाँदै थिए । मध्य प्रदेशको अर्को राज्यका करिब २५ यात्रु बोकेको बस प्रयागराजबाट आउँदै गर्दा दुर्घटना भएको हो ।

पश्चिमी राज्य गुजरातको दाहोद जिल्लामा शुक्रबार राति गाडी पार्किङ गरिएको बससँग ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको