युक्रेन र रूसबीचको युद्ध शान्तिका साथ अन्त्य हुने स्कोल्जको दाबी



म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र रूसबीचको युद्ध वास्तवमै शान्तिका साथ अन्त्य हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता युक्रेनका लागि वासिङ्टनको सहयोगको अवस्थालाई निरन्तरता दिइराख्न असम्भव हुने भन्दै चाँडै नै युद्धविराम वार्ता सुरु गर्न रुसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका थिए ।

‘युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र शान्ति कायम हुनेछ’, स्कोल्जले म्युनिख सुरक्षा सम्मेलनमा भने, त्यसैले निर्धारित शान्तिले कहिल्यै पनि हाम्रो समर्थन पाउन सक्दैन।’

उनले भने, ‘हामी रूसी राष्ट्रपति पुटिन मात्र लाभान्वित हुने र युरोपेली र अमेरिकी सुरक्षालाई विघटित गर्ने कुनै पनि समाधानलाई स्वीकार गर्ने छैनौँं ।’

‘हामी युरोपेलीहरूले आगामी वार्तामा यी चासोहरूलाई आत्मविश्वासका साथ र एकताबद्ध रूपमा प्रतिनिधित्व गर्नेछौं,’ स्कोल्जले भने ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीमा युरोपेली नेता र नीति निर्माताहरूको भेलालाई सम्बोधन गर्नुभन्दा केही समयअघि स्कोल्जले उक्त कुरा बताएका थिए ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्न भेटेपछि जेलेन्स्कीले शुक्रबार आफूले युक्रेनी ‘सुरक्षा सुनिश्चतता’ चाहेको बताएका थिए ।

स्कोल्जले भने, ‘यदि शान्ति कायम भयो भने रुसले फेरि आक्रमण नगरोस् भनेर किएभका समर्थकहरूले भविष्यमा युक्रेनको सशस्त्र बल निर्माण गर्न आवश्यक छ। युद्धपछिको समयमा युरोप, संयुक्त राज्य अमेरिका र युक्रेनका अन्तर्राष्ट्रिय साझेदार र मित्रहरूका लागि यो सम्भव तुल्याउने जिम्मेवारी हुनेछ र सबै प्रकारका सुरक्षाका प्रत्याभूतिहरू यसै आधारमा बनाइनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको