भारत र अमेरिकाको सहकार्यले विश्वलाई नयाँ दिशा दिनेछ : मोदी



वासिङटन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाले द्विपक्षीय व्यापारको लागि ५०० अर्ब अमेरिकी डलरको लक्ष्य राखेको बताएका छन् । दुवै देशका टोलीहरूले पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिन सँगै काम गर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले भने,“अमेरिकाका जनता ट्रम्पको आदर्श वाक्य ‘समृद्धिका लागि मेगा साझेदारी’ (मगा) बारे सचेत छन् । साथै, भारतका जनता विकसित भारत सन् २०४७ को लक्ष्य तर्फ अघि बढिरहेका छन् ।”

उनले भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न भारत र अमेरिकाले तेल र ग्यास व्यापारलाई बलियो बनाउने बताए । उनले भने, ‘जब अमेरिका र भारत मिलेर काम गर्छन्, यसले हाम्रो उद्देश्यहरूलाई नयाँ उचाइ दिन्छ ।”

“हामीले हाम्रो द्विपक्षीय व्यापारलाई सन् २०३० सम्ममा दोब्बरभन्दा बढीमा पुर्याउने लक्ष्य पनि राखेका छौं । हाम्रा टोलीहरूले चाँडै नै पारस्परिक रूपमा लाभदायक व्यापार सम्झौतालाई अन्तिम रूप दिने काम गर्नेछन् ।”

उनले भारत र अमेरिका संयुक्त विकास, संयुक्त उत्पादन र प्रविधि हस्तान्तरणको दिशामा अगाडि बढिरहेको घोषणा गरे । उनले भारत र अमेरिकाबीचको साझेदारी र सहयोगले राम्रो संसारलाई आकार दिन सक्ने बताए ।

“हामी भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न तेल र ग्यास व्यापारलाई बलियो बनाउनेछौं । ऊर्जा पूर्वाधारमा लगानी बढ्नेछ । आणविक ऊर्जा क्षेत्रमा हामीले साना मोड्युलर रिएक्टरहरूको दिशामा हाम्रो सहयोगलाई गहन बनाउने कुरा गर्यो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको