हात्तीको आक्रमणबाट भारतमा ३ जनाको मृत्यु, ३० घाइते



नयाँदिल्ली । दक्षिण भारतको राज्य केरलाको एउटा मन्दिरमा उत्सवको क्रममा भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना बिहीबार साँझ केरलाको राजधानी तिरुवनन्तपुरमबाट करिब ४२२ किलोमिटर उत्तरमा कोझिकोड जिल्लाको कोइलान्डी नजिकै रहेको मानकुलङ्गारा मन्दिरमा भएको हो ।

“स्थानिय व्यक्तिले पटाका फालेपछि दुई हात्तीहरू आपसमा झगडा गर्न थाले, जसको कारण पर्खालको एक भाग भत्कियो । केही मानिसहरू त्यसको मुनि फसे,” एक प्रहरी अधिकारीले भने ।

“पर्खाल भत्किँदा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । यो देखेर त्यहाँ उपस्थित श्रद्धालुहरूमा भागदौड मच्चियो, जसमा ३० जना घाइते भए ।”

टेलिभिजनका तस्बिरहरूले दुईवटा हात्तीहरू एकअर्कासँग लडिरहेका देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति

अमेरिका–युक्रेन वार्ता सकारात्मक दिशामा

साउदी अरेयिबा । मङ्गलबार साउदी अरेबियामा अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीचको वार्ता ‘ठीकै’ भइरहेको