ताइवानको फुड कोर्टमा ग्यास विस्फोट हुँदा ४ जनाको मृत्यु, २६ घाइते



ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन्।

ताइचुङ सहरको सिन कङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरको १२औँ तलाको फुड कोर्टमा विस्फोट भएको ताइचुङ फायर ब्युरोले जनाएको छ।

मृतकहरूमध्ये दुई जना मकाउबाट आएका पर्यटक रहेको मकाउको पर्यटन कार्यालयले बिहीबार पुष्टि गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू पर्यटनका लागि आएका सात जनाको परिवारका सदस्य थिए। अन्य पाँच जना घाइते भएका छन् र हाल ताइचुङका स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय समयानुसार बिहान करिब ११ः३० बजे घटनास्थलमा दर्जनौँ दमकलकर्मी परिचालित गरिएका थिए। भवनको बाहिरी भाग क्षतिग्रस्त भएको र छरिएका टुक्राहरू सडकमा छरिएका थिए।

ताइचुङकी मेयर लु शिओ–येनले घटनास्थलमा पत्रकारहरूलाई उनले नजिकैको आफ्नो कार्यालयमा धक्का महसुस गरेको बताए। उनका अनुसार फायर ब्युरोले पहिले उद्धार कार्यमा ध्यान केन्द्रित गर्नेछ तर अनुसन्धान पनि जारी छ। अधिकारीहरूले अन्य खतराका स्रोतहरू छन् कि छैनन् भनेर जाँच गरिरहेका छन्।

ताइवानका राष्ट्रपति लाई चिङ–तेले दुर्घटनाको कारण अनुसन्धान गर्न सम्बन्धित सबै सरकारी निकायलाई निर्देशन दिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशमा युनुसको नेतृत्वमा ‘राष्ट्रिय सहमति आयोग’ गठन

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले राज्य प्रणालीमा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यले राष्ट्रिय सहमति

म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त

बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा

युक्रेन शान्ति शिखर सम्मेलनपछि अमेरिका र रुसले थप कुरा गरेकोमा चीन खुसी

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

  श्रीनगर । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक