युक्रेनको विषयमा ट्रम्प र पुटिनले साउदी अरेबियामा भेटवार्ता गर्ने



 

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन्  ।

ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताए ।

तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताउनुभएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो ।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरेका छन् ।

“हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु – र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भने ।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताए । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गरेको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएको बताइएको छ ।

जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन शान्ति शिखर सम्मेलनपछि अमेरिका र रुसले थप कुरा गरेकोमा चीन खुसी

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई

ताइवानको फुड कोर्टमा ग्यास विस्फोट हुँदा ४ जनाको मृत्यु, २६ घाइते

ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

  श्रीनगर । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक

ट्रम्पको रिस टार्न खोज्दै मोदी

वासिङ्टन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको