भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए



पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर स्वदेश फर्कन खोजेका दर्जनौं आप्रवासीलाई पनामाको प्रहरीले फिर्ता पठाएको छ ।

दङ्गा प्रहरीले क्याराभान आप्रबासीलाईलाई व्यवस्थित रूपमा स्वदेश फिर्ती प्रक्रियाका लागि कोस्टारिका फर्कन बाध्य बनाएको हो ।

नाम नबताउने एक आप्रवासीले एएफपीसँग भने, “हामी पूरा हुन नसकेको सपनाको खोजीमा गयौँ र अब हामी फेरि घर फर्किरहेका छौँ ।”

भेनेजुएलाका आन्द्रेस परेडेसले अमेरिकाको लामो यात्राका क्रममा भोकभोकै बस्न र सडकमा सुत्नबाट जोगिन चाहेको बताएका छन् ।

“कोस्टारिकाको एक आश्रयस्थलमा आप्रवासीहरूको आपराधिक रेकर्डको बायोमेट्रिक जाँच गरिनेछ र त्यसपछि हवाई वा समुद्री मार्गबाट स्वदेश फर्कनका लागि पनामा पठाइनेछ,” पनामाको सुरक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।

कोस्टारिकाका सुरक्षा मन्त्री मारियो जामोरालाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, “हामी आप्रवासनको व्यवस्थित, कानुनी, मानवीय र सुरक्षित प्रवाह सुनिश्चित गर्न चाहन्छौं ।”

कोलम्बियाबाट पनामासम्म अघोर डारिएन जङ्गल हुँदै धेरै आप्रवासीले खतरनाक यात्रा तय गरेका थिए ।

गत महिना आफ्नो कार्यभार सम्हालेको पहिलो दिन नै ट्रम्पले दक्षिणी अमेरिकी सीमामा राष्ट्रिय आपतकाल घोषणा गर्दै लाखौँ आप्रवासीलाई देश निकाला गर्ने प्रतिबद्धता जनाएका थिए ।

जुलाईमा वासिङ्टनसँग भएको सम्झौतापछि पनामाले डारियन क्षेत्रका धेरै मार्गहरू बन्द गरेको छ र आप्रवासीहरूलाई अमेरिकी आर्थिक सहयोगमा कोलम्बिया र इक्वेडरलगायत देशहरूमा सडक यातायात र उडानमार्फत फिर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल

बेइजिङ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च

गाजामा इजरायली आक्रमणमा कम्तीमा १३० जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत ४८ घण्टामा इजरायली आक्रमणमा कम्तीमा १३० प्यालेस्टिनीको मृत्यु

इस्तानबुलका मेयरको गिरफ्तारीपछि टर्कीमा सरकारको विरोधमा हजारौँ प्रदर्शनकारी सडकमा

टर्की । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको

नाइजेरियामा मस्जिदमा भएको आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु भएको छ। आक्रमणबाट