उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ



सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई सय वटा लामो दूरीको तोपखाना दिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीले मङ्गलबार बताएका छन् ।

उत्तर कोरियाले मस्कोलाई ‘करिब ११ हजार सैनिक, क्षेप्यास्त्र, दुई सय थान लामो दूरीको तोपखाना र ठूलो मात्रामा गोलाबारुद’ दिएको ती अधिकारीले बताए ।

“उत्तर कोरियाले आगामी दिनमा अतिरिक्त सेना, हतियार र गोलाबारुद आपूर्ति गर्न सक्छ”, नाम न छाप्ने सर्तमा अधिकारीले भने ।

सियोल, किभ र वासिङ्टनले उत्तर कोरियाले गत वर्ष युक्रेनविरुद्धको युद्धमा क्रेमलिनलाई सहयोग गर्न रुसमा १० हजारभन्दा बढी सैनिक पठाएको बताएका छन् ।

युक्रेनले पहिले नै कुस्र्कमा केही उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको वा मारिएको बताएको थियो ।

राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले कुस्र्क मोर्चामा युक्रेनी सेनाले पक्राउ गरेका भनिएका उत्तर कोरियाली कैदीहरूको सोधपुछको फुटेज पनि सार्वजनिक गरेका छन् ।

मस्को र प्योङयाङ दुवैले यो तैनाथीको पुष्टि गरेका छैनन् ।

तथापि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष आणविक–सशस्त्र उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक रक्षा खण्डसहितको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीको आग्रह

इस्तानबुल । ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ

पाकिस्तानमा आत्मघाती हमलामा बसमा सवार पाँच सुरक्षाकर्मीको मृत्यु

इस्लामावाद । एक आत्मघाती कार बम हमलाकारीले अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा सुरक्षा बलहरू बोकेको

ट्रम्पसँग सम्झौता गर्दा युरोपमा गठबन्धन खोज्दै क्यानाडाका प्रधानमन्त्री कार्नी

  ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको सार्वभौमिकता र अर्थतन्त्रमाथि गरेको आक्रमणको

बङ्गलादेशको अदालतद्वारा सन् २०१९ को हत्या मामिलामा २०  जना विद्यार्थीको मृत्युदण्ड सदर

  ढाका । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको