दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु



सियोल । दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समय अनुसार सोमबार बिहान ११ः१५ बजे विस्फोट भएको हो ।

घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो ।

ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ ।

विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो ।

आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए । करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ

मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण

पेरिस । यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय

युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

वासिङ्टन । किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि

पाकिस्तानमा रेल बन्धकबाट कम्तीमा २५ जनाको शव बरामद

पाकिस्तान । अधिकारीहरूले बिहीबार पहिलो अन्त्येष्टिअघि पाकिस्तानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा रेल घेराबन्दीमा मारिएका २१