श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू



कोलम्बो । श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य राखेको छ ।

नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन फेब्रुअरी १७ गतेदेखि क्षेत्रीय नरिवल खेती समितिलाई पुनर्गठन गर्ने स्थानीय सञ्चारमाध्यमलाई बताए ।

“श्रीलङ्काको मुख्य नरिवल क्षेत्र नर्दन कोकोनट ट्राइङ्गलमा २५ लाख नरिवलको बिरुवा खेती गरिने लक्ष्य रहेको छ ।”

आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्काले हरेक वर्ष करिब तीन अर्ब नरिवल उत्पादन गर्ने गर्दथ्यो, तर पछिल्ला वर्षमा उक्त उत्पादन घटेर दुई अर्ब ८५ करोड पुगेको छ ।

मुख्यतया हेरचाह, मर्मतसम्भार र कीराको प्रकोपका कारण यो कमी आएको नरिवल विकास प्राधिकरणका अध्यक्ष शान्थ रणतुङ्गाले सञ्चारमाध्यमलाई बताए ।

श्रीलङ्काको मन्त्रिपरिषद्ले भर्खरै नरिवल तेल उत्पादनको लागि २० करोड नरिवलको दाना र सुकेको नरिवलको टुक्रा आयात गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

वासिङ्टन । अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

  तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

मस्को । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

किएभ । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी ड्रोन