हमासद्वारा थप तीन इजरायली बन्धक रिहा



बीबीसी । प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण मानिसहरू हुन् ।

मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्याइएका थिए ।

युद्धविराम सम्झौता अनुसार इजरायलले त्यसको बदलामा कैयौँ प्यालेस्टिनी बन्दीहरूलाई छाड्नेछ। हमासका अनुसार शनिवार थप १८३ जना प्यालेस्टिनीहरू छुट्नेछन् ।

बन्धक मुक्त गर्नुअघि डेर अल–बलाहमा हमास लडाकुहरू जम्मा भएका थिए। त्यहाँ ती तीनजना बन्धकहरू रेडक्रसलाई बुझाएको थियो । गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेलअभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए ।

जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता यससँगै २१ जना बन्धकहरू र ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् । अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झण्डै ३३ जना बन्धक र १,९०० प्यालेस्टिनीहरू छाडिनेछन् ।

इजरायलले ३३ मध्ये आठजनाको मृत्यु भएको जनाएको छ । एली शराबी ५२ वर्षका छन् । उनी आफ्ना भाइसँगै बन्धक बनाइए तापनि भाइको भने यसबीचमा मृत्यु भएको पुष्टि गरिएको छ । उक्त हमलामा उनकी श्रीमती र दुई जना छोरीहरू मारिएका थिए ।

ओहान बेन अमी ५६ वर्षका छन्। उनीसँगै बन्धक बनाइएकी उनकी श्रीमतीलाई पछि हमासले मुक्त गरेको थियो । ओर लेभी ३४ वर्षका छन्।

हमलाका बेला उनी नोभा फेस्टिभलबाट आफ्नी श्रीमतीसहित भागेका थिए। उनकी श्रीमतीको बम हमलाबाट बच्न बनाइएको आश्रय स्थलमा शव फेला पारिएको थियो।

उनीहरू दुवै जना त्यहाँ लुक्न पुगेका थिए । सम्झौता अनुसार शनिबार नै इजरेलले छाड्नेको सूचीमा ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद अवधि झेल्नेहरू छन्। अन्य युद्धका बेला पक्राउ गरिएका गाजाबासीहरू छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अलास्कामा बेपत्ता विमानको भग्नावशेष फेला

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार

उत्तर कोरियाली फौज कुर्स्क क्षेत्रको अग्रमोर्चामा

बीबीसी । मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज रुसको पश्चिमी कुस्र्क क्षेत्रको अग्रमोर्चाबाट

चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

शाघांई । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३