चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने
शाघांई । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साघांई एआई उद्योग संघ(एसएआईए) ले जनाएको छ ।
उक्त सम्मेलन एआई मोडल, कम्प्युटिङ पावर र सफ्टवेयर प्लेटफर्महरू सहित अत्याधुनिक प्रविधिहरूमा केन्द्रित हुनेछ ।
सम्मेलनमा सहभागी विकासकर्ता समुदायले हार्डवेयर विकास, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्ग्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, ब्लकचेन र मेटाभर्स जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् ।
हगिङ फेस, माइक्रोसफ्ट डेभलपर कम्युनिटी, अलिबाबाको मोडलस्कोप कम्युनिटी र हुवावेई कम्युनिटी जस्ता विश्वका अग्रणी समुदायहरूले कार्यक्रमभर विभिन्न आकर्षक गतिविधिहरू आयोजना गर्नेछन् ।
एसएआईएका अनुसार डिपसीक टोलीले पनि सम्मेलनमा भाग लिनेछ । सम्मेलनले विकासकर्ताहरूलाई उद्योग विशेषज्ञसँग जोडिने र विचारहरू आदानप्रदान गर्ने मौका दिनेछ ।
एसएआईए महासचिव झोङ जुनहाउका अनुसार द्रुत प्राविधिक विकासको गतिलाई कायम राख्न सम्मेलन यस वर्षबाट सुरु हुने वार्षिकबाट द्विवार्षिक कार्यक्रममा परिवर्तन हुनेछ । अर्को सत्र शरद ऋतुको लागि तय गरिएको छ ।