विश्व खाद्य मूल्यमा गिरावट



 

रोम । मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।

नयाँ वर्षको पहिलो मासिक प्रतिवेदनमा एफएओले आफ्नो व्यापक खाद्य मूल्य सूचकाङ्क जनवरीमा एक महिना अघिको तुलनामा १ दशमलव ६ प्रतिशतले घटेको जनाएको छ ।

जनवरीमा पाँचमध्ये तीन उप–सूचकाङ्कमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । यसैबीच, ब्राजिल र भारतलगायत प्रमुख चिनी उत्पादक देशहरूमा राम्रो फसलका कारण चिनीको मूल्य अक्टोबर सन् २०२२ यताकै न्यूनस्तरमा ६ दशमलव ८ प्रतिशतले झरेको छ ।

तरकारी तेलको मूल्य ५ दशमलव ६ प्रतिशतले घटेको एफएओले जनाएको छ । मागमा आएको गिरावटले पाम तेलको मूल्य पनि तल झरेको छ । यद्यपि, दुग्धजन्य पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अलास्कामा बेपत्ता विमानको भग्नावशेष फेला

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार

उत्तर कोरियाली फौज कुर्स्क क्षेत्रको अग्रमोर्चामा

बीबीसी । मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज रुसको पश्चिमी कुस्र्क क्षेत्रको अग्रमोर्चाबाट

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा

बीबीसी । प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक

चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

शाघांई । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३