इजरायली प्रधानमन्त्रीद्वारा ह्वाइटहाउसमा ट्रम्पलाई ‘गोल्डेन पेजर’ उपहार



जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइटहाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन्।

सन् २०२४ को सेप्टेम्बरमा इजरायलले लेबनानी इस्लामिक समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमणपछि हिजबुल्लाहविरुद्धको युद्धको टर्निङ प्वाइन्टको प्रतीकका रूपमा यो उपहार प्रदान गरिएको नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यो रणनीतिक अभियानले इजरायलको शक्ति, प्राविधिक श्रेष्ठता र आफ्ना शत्रुहरूविरुद्ध चातुर्य प्रदर्शन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लेबनानी अधिकारीहरूका अनुसार इजरायलले एकैदिन एकैचोटि ‘पेजर आक्रमण’ गरी हिजबुल्लाहलाई स्तब्ध बनाएको थियो। आक्रमणमा पेजर र वाकी–टकीमा विस्फोट हुँदा दर्जनौँ लडाकु मारिएका थिए र हजारौँ घाइते भएका थिए।

गत सेप्टेम्बरको अन्त्यतिर इजरायलले हिजबुल्लाहलाई सीमाबाट पछाडि धकेल्ने उद्देश्यले दक्षिणी लेबनानमा स्थलआक्रमण सुरु गरेको थियो। एक वर्षभन्दा बढी समयदेखिको इजरायली बमबारी र दक्षिणी लेबनानमा युद्धको अन्त्य गर्दै नोभेम्बरको अन्त्यमा इजरायल र हिजबुल्लाह युद्धविराम गर्न सहमत भए।

यद्यपि, इजरायली सेना अझै पनि छिमेकी देशका केही भागमा सक्रिय छ।युद्धविराम लागू गर्न तीन महिनाको समयावधि जनवरी २६ मा समाप्त भएको, तर इजरायली सेनाले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गरेको छैन।

लेबनानी सेनाले सम्झौतालाई अक्षरशः पालना नगरेको तर्क गर्दै इजरायलले प्रारम्भिक समयसीमा पूरा गर्ने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेको थियो।उसले त्यहाँ यदाकदा हवाई आक्रमण पनि जारी राखेको छ र अब फेब्रुअरी १८ सम्म सेना फिर्ता गर्ने मिति तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना

बेइजिङ। चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै

भारतको केन्द्रीय बैंकद्वारा सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती

  नयाँदिल्ली । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा वृद्धिको मन्दीको चिन्ताले मुद्रास्फीति जोखिमलाई उछिनेसँगै

सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्राउने

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सन् २०२५ मा माल्दिभ्समा २३ लाख पर्यटक

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो