ट्रम्पद्वारा मध्यपूर्वसम्बन्धी नीतिमा ठूलो परिवर्तनको घोषणा



बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको मध्यपूर्वसम्बन्धी नीतिमा दशकौँ यताको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गरेका छन् ।

उनले संयुक्त राज्य अमेरिकाले गाजा स्ट्रिप लिन र त्यहाँ बसोबास गरिरहेका प्यालेस्टिनीहरूलाई अन्य क्षेत्रमा स्थायी रूपमा पुनर्वास गराउन चाहेको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँग आयोजित एउटा पत्रकार सम्मेलनमा उनले गाजालाई विकास गर्न आफूले चाहेको र त्यसबाट ‘मध्यपूर्वको रिभिएरा (समुन्द्रतटीय बिदा मनाउने स्थल)’ स्थापना हुने बताए । उक्त परियोजना सम्पन्न हुन १५ वर्षसम्म लाग्ने उनको भनाइ छ ।

इजरायली प्रधानमन्त्रीले उक्त प्रस्तावको स्वागत गर्दै त्यसले इतिहास बदल्न सक्ने बताएका छन् । दुई नेताले गाजा युद्ध विरामको थप कार्यान्वयनबारे पनि छलफल गरेका छन् ।

आफ्नो दोस्रो कार्यकालमा ह्वाइट हाउस भ्रमण गर्ने पहिलो नेता भएकोमा नेतन्याहूलाई धन्यवाद दिएर पत्रकार सम्मेलन सुरु गरेका ट्रम्पले सबैलाई आश्चर्यमा पार्ने गरी गाजालाई अमेरिकाले ‘लिने’ बताएका थिए । उनले आफ्ना पूर्ववर्ती जो बाइडनले आफ्नो चार वर्षको कार्यकालमा इजरायलका शत्रुहरूलाई बलियो हुन दिएको आरोप लगाए ।

त्यसपछि उनले गाजामा बसिरहेका १८ लाख मानिसहरूलाई अन्य अरब मुलुकहरूमा स्थानान्तरण गरिनु पर्ने तर्क गर्न थाले । त्यसो गरिए पछिल्लो युद्धले ध्वंश भएको उक्त भूभाग अमेरिकाले ’लिएर विकास’ गर्न मिल्ने उनको भनाइ छ । नेतान्याहूले ‘अरूले कल्पना नगरेका कुरा सोच्न सक्ने’ ट्रम्पको शैलीको प्रशंसा गरे र उनी ’ह्वाइट हाउसमा इजरायलले पाएको हालसम्मकै सर्वाधिक ठूलो मित्र’ भएको बताए ।

ट्रम्पलाई अमेरिकाले कसरी र कुन अधिकारका आधारमा गाजाको स्वामित्व लिन्छ भनेर पनि सोधिएको थियो। तर उनले त्यसको सोझो जवाफ दिएनन्। उनले ’दीर्घकालीन स्वामित्वको अवस्था’ देखेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानी प्रधानमन्त्रीले बिहीबारदेखि अमेरिकाको भ्रमण गर्ने

  टोकियो । जापानका प्रधानमन्त्री शिगेरु इसिबाले यस हप्ता संयुक्त राज्य अमेरिकाको भ्रमणमा

चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा दर्शकको चाप

बेइजिङ । चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण

मङ्गोलियामा ५ मध्ये १ जनाको क्यान्सरका कारण मृत्यु

उलनबटार । मङ्गोलियामा मृत्युको प्रमुख कारणमा क्यान्सर रहेको देशको राष्ट्रिय क्यान्सर केन्द्र (एनसीसी)

अफ्रिकाका करिब दुई करोड ७५ लाख मानिस विस्थापित

नैरोबी ।  सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित व्यक्ति (आईडीपी) को