इजरायली आक्रमणबाट वेस्ट बैङ्कमा ५० जना प्यालेस्टाइनी लडाकुको मृत्यु



जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले १५ दिन अघि उत्तरी वेस्ट बैङ्कमा सुरू गरिएको आक्रमणमा हालसम्म ५० प्यालेस्टाइनी लडाकु मारिएको दाबी गरेको छ ।

जेनिन, तुल्करेम र तामुन क्षेत्रमा कारबाहीका क्रममा ३५ लडाकु मारिएको आइडीएफले जनाएको छ भने अन्य १५ जना ड्रोन आक्रमणमा मारिएका छन् । आइडीएफले यी कारबाहीका क्रममा सर्वसाधारणलाई निशाना बनाएको पनि स्वीकार गरेको छ ।

आईडीएफले हाल १०० प्यालेस्टाइनी लडाकुलाई नियन्त्रणमा लिएको र ४० भन्दा बढी हतियार बरामद गरेको छ । ‘अपरेसन आइरन वाल’ को क्रममा ८० भन्दा बढी विस्फोटक पदार्थलाई पनि निष्क्रिय पारिएको आइडीएफले जनाएको छ ।

अपरेसन २१ जनवरीमा सुरु गरिएको थियो । सेनाले उक्त अपरेसन आगामी केही हप्तासम्म जारी रहने जनाएको छ ।
आइडीएफले जेनिन शरणार्थी शिविरका २३ वटा भवन ध्वस्त पारेको छ, जसलाई लडाकूहरूले आफ्नो कार्यका लागि प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत

ओस्लो। शून्य उत्सर्जन सवारी साधनहरू मात्र बेच्ने यो बर्षको लक्ष्य नजिक जनवरीमा नर्वेमा

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार बम विस्फोटमा परी

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै खर्च गर्न माग

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को विवादास्पद मर्जरसँग सम्बन्धित