सेन्ट किट्स एण्ड नेभिस नजिकै डुङ्गामा १९ जनाको शव फेला
पूर्वी क्यारेबियाली राष्ट्र सेन्ट किट्स एण्ड नेभिसको तटीय क्षेत्रमा तैरिरहेको एक डुङ्गामा १९ जनाको शव फेला परेको छ ।
स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेको तस्बिरमा डुङ्गामा शव सडेको अवस्थामा भेटिएको देख्न सकिन्छ ।
सेन्ट किट्स एन्ड नेभिस डिफेन्स फोर्स कोस्ट गार्डलाई बुधबार मध्याह्नमा नेभिसको तटमा एउटा डुङ्गा बगिरहेको रिपोर्ट प्राप्त भएको थियो।
थप अनुसन्धानका लागि उनीहरूले डुङ्गा फिर्ता लगेका छन् । स्थानीय प्रहरीले दिएको जानकारीअनुसार शव यति सडेको थियो कि उनीहरुको लिङ्ग, राष्ट्रियता र मृत्युको कारण खुल्न सकेको छैन । घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।