हमासद्वारा गाजामा थप तीन इजरायली बन्धक मुक्त



बीबीसी । प्यालेस्टिनी समूह हमासले दक्षिणी गाजाको खान युनिसबाट दुईजना गाजासिटीबाट एक जना गरि तीन जना इजरायली बन्धक मुक्त गरेको छ ।

रेडक्रसलाई बुझाइएका ३४ वर्षीय यार्देन बिवास र फ्रान्सको समेत नागरिकता भएका ५३ वर्षीय ओफर काल्दरोन इजरायल आइपुगेको इजरायली डिफेन्स फोर्सेस आईडीएफले जनाएको छ । शनिबार नै अर्का बन्धक ६५ वर्षीय किथ सिगल पनि गाजासिटीबाट मुक्त भएका छन्।

उनी इजरायल र अमेरिकाको दोहोरो नागरिकता भएका व्यक्ति हुन् । उनीहरू ज्यानुअरी १९ मा इजरायली र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् ।

युद्धविराम सम्झौता अनुसार इजरायलले त्यसको बदलामा १८० जना भन्दा धेरै प्यालेस्टिनी बन्दीहरूलाई छाड्दैछ । इजरायलले शनिबार छाड्नेमा १०० भन्दा धेरै प्यालेस्टिनी बन्दीहरू गाजाका छन् र करिब ७० जना भन्दा धेरै लामो अवधिको वा आजीवन कारावास सजाय तोकिएका व्यक्तिहरू हुन् ।

बिवासकी श्रीमती र दुई छोराहरूको बन्धक रहेकै अवस्थामा गाजामा मृत्यु भएको ठानिएको छ। बन्धक बनाइँदा उनका एक छोरा चार वर्षका र अर्का १० महिनाका थिए ।

हमासले इजरायली हवाइ हमलामा परेर सन् २०२३ को नोभेम्बरमा उनीहरूको मृत्यु भएको दाबी गरे तापनि इजरेलले अझै त्यसको पुष्टि गरेको छैन । सिगलकी बन्धक श्रीमतीलाई समेत सन् २०२३ कै अस्थायी युद्धविरामका क्रममा गाजाबाट मुक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु

लेबनान । सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ

क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा नयाँ भन्सार दर लगाउँदै अमेरिका

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा हुने

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता

सियोल । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा डुङ्गा डुब्दा तीन

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

नयाँदिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च