पाकिस्तानमा सैन्य कारबाहीमा १० आतङ्ककारीको मृत्यु



इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश आतङ्ककारी मारिएको सेनाले शुक्रबार जानकारी दिएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

आईएसपीआरले उत्तरी वजिरिस्तानमा चार छुट्टाछुट्टै भिडन्तमा छ जना आतङ्ककारी मारिएको बताएको छ ।

आईएसपीआरका अनुसार, आतङ्ककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू विरुद्ध आतङ्ककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरेको छ । सेनाले पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाको नियामक निकायले प्रयोगकर्ताको डाटाबारे डिपसिकसँग सोधपुछ गर्ने

सियोल ।  । चिनियाँ स्टार्टअप डिपसिकले यस हप्ता आफ्नो शक्तिशाली नयाँ एआई च्याटबट

म्यान्मामा ६ महिना लम्बियो सङ्कटकाल

याङ्गुन । म्यान्माको जुन्ता प्रशासनले सत्ता सम्हालेको चार वर्षपछि शुक्रबार सङ्कटकालीन अवस्थालाई थप

इन्डोनेसियामा वन फँडानीमा वृद्धि, ओरङ्उटान प्रजाति थप सङ्कटमा

बैंकक । इन्डोनेसियामा सन् २०२४ मा वन फँडानी फेरि बढेको एक स्थानीय वातावरणीय

इसिबीद्वारा प्रमुख व्याजदरमा २५ प्रतिशत अङ्कको कटौती

फ्रयाङ्कफर्ट । युरोपेली केन्द्रीय बैङ्क (इसिबी) ले बिहीबार प्रमुख ब्याजदरमा २५ प्रतिशत अङ्कले