ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै  ट्रम्प



वासिङटन । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् ।

यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा सतप्रतिशत कर लगाउने धम्की दिएका थिए ।

“ब्रिक्स देशहरूले डलरबाट टाढा जाने प्रयास गरिरहेको र हामी हेरेर बस्ने अवस्था अब समाप्त भएको छ”, उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “हामी यी देखिने रूपमा शत्रुवत देशहरूबाट प्रतिबद्धता माग्नेछौँ कि उनीहरूले न त नयाँ ब्रिक्स मुद्रा सिर्जना गर्नेछन्, न त शक्तिशाली अमेरिकी डलरको प्रतिस्थापन गर्न कुनै अन्य मुद्रालाई समर्थन गर्नेछन्, अन्यथा उनीहरूले सतप्रतिशत भन्सार महसुलको सामना गर्नुपर्नेछ” ।

ब्रिक्स भन्सार महसुलबारे ट्रम्पको टिप्पणी पद आसीन भएलगत्तै तोकिएको फेब्रुअरी १ को समय सीमाभन्दा केही दिनअघि आएको छ । जसअनुसार छिमेकी क्यानाडा र मेक्सिकोले अमेरिकी सीमा पार गर्ने अवैध आप्रवासीहरू र घातक फेन्टानलको प्रवाहमाथि कडा कारबाही नगरे तिनीहरूमाथि २५ प्रतिशत भन्सार महसुल लगाउने बताए ।

ट्रम्पले छुट्टै ब्रिक्स समूहको सदस्य चीनमाथि व्यापार असन्तुलन र अमेरिकी फेन्टानल आपूर्तिमा कथित भूमिकाका कारण फेब्रुअरी १ देखि नै वस्तुहरूमा थप १० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याक्रोनले ट्रम्पसँगको युक्रेन वार्ताबारे इयु नेताहरूलाई जानकारी दिने

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनलाई युरोपेली समर्थनसम्बन्धी आपत्कालीन शिखर सम्मेलनअघि अमेरिकी

अन्तरद्वन्द्वबाट देश ‘ जोखिममा ’ रहेको बङ्गलादेशका सेना प्रमुखको चेतावनी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

पुटिन रक्षा खर्चलाई पारस्परिकरूपमा कटौती गर्न पुटिनको सहमति, चीनको असहमति

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो

दक्षिण कोरियामा पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते

सियोल । । दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माणस्थलमा मङ्गलबार पुल भत्किँदा दुई चिनियाँ नागरिकसहित