भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादीको मृत्यु
नयाँदिल्ली । भारतीय सुरक्षा बलले देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय प्रहरीले जनाएको छ ।
पश्चिम सिंहभूम जिल्लामा विहान करिब ३ बजे स्थानीय प्रहरीले खोजी अभियान चलाउँदा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको हो ।
मुठभेड स्थलबाट हतियार र गोली बरामद गरिएको छ । हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलवादीहरू सक्रिय छन् । विद्रोहले सयौंको ज्यान लिइसकेको छ र हजारौं मानिसहरूलाई घरबारविहीन बनाएको छ ।