बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता



ढाका । एसियाली विकास बैङ्क (एडिबी) र बङ्गलादेश सरकारले सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत देशको पहिलो ‘हरित डाटा केन्द्र’ विकास गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

एडीबी र बङ्गलादेश सरकारका सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूले आइतबार एमओयूमा हस्ताक्षर गरेका छन् ।

डाटा सेन्टरले भविष्यका मागहरू पूरा गर्न अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नेछ ।

एडीबीको बङ्गलादेश मिशनका निर्देशक युन जियोङले भने,“यो पहल बङ्गलादेशको डिजिटल भिजन, अत्याधुनिक प्रविधिलाई एकीकृत गर्ने र देशको डिजिटल रूपान्तरणलाई समर्थन गर्न महत्त्वपूर्ण कदम हो ।”

“यो परियोजनाले सूचना प्रविधि क्षेत्रमा निजी लगानीलाई बढावा दिने र डिजिटल प्रविधिमा पूँजी परिचालनको ढोका खोल्नेछ ।”

परियोजनाले दिगो र समावेशी आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने र बङ्गलादेशमा अत्याधुनिक डिजिटल पूर्वाधारको विस्तारलाई समर्थन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा यसरी आकाशमै ठोक्किए जहाज र हेलिकप्टर(भिडियोसहित)

बीबीसी । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक

श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अनुमान

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट

भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादीको मृत्यु

नयाँदिल्ली । भारतीय सुरक्षा बलले देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय

भारतमा १०० औं स्याटेलाइट प्रक्षेपण सफल

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो