अमेरिकाका लागि ‘आइरन डोम’ मिसाइल सुरक्षा प्रणालीको योजना बनाउन ट्रम्पको आदेश



मायामी (अमेरिका) । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाका निम्ति इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन् ।

ट्रम्पले रक्षामन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरुबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षाकवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’को कार्यान्वयन योजना पेस गर्न आदेश दिएका छन् । यसमा अन्तरिक्ष–आधारित अवरोधकको विकास पनि समावेश छ ।

सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका निम्ति इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए । तथापि, उनले यो प्रणाली छोटो दूरीको खतराका निम्ति डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे । यसले यसलाई संयुक्त राज्य अमेरिकाका निम्ति मुख्य खतरा रहेको महादेशीय क्षेप्यास्त्रविरुद्ध रक्षा गर्न अनुपयुक्त बनाउँछ ।

ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको ‘रिट्रिट’मा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए । हमास र लेबनानको हिजबुल्लाह समूहले प्रहार गरेका रकेटहरु खसाल्न इजरायलले आफ्नो आइरन डोम प्रणाली प्रयोग गरेको छ ।

“उनीहरुले लगभग हरेक रकेटलाई खसाल्छन्,” ट्रम्पले मायामी बैठकमा भने, “त्यसैले मलाई लाग्छ, संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ । ”उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अरु केही आदेशमा पनि हस्ताक्षर गरे । यसमा लैंगिक अल्पसंख्यक (ट्रान्सजेन्डर) व्यक्तिहरुलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरणका क्रममा यसरी आकाशमै ठोक्किए जहाज र हेलिकप्टर(भिडियोसहित)

बीबीसी । वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक

श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने अनुमान

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट

भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादीको मृत्यु

नयाँदिल्ली । भारतीय सुरक्षा बलले देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय

भारतमा १०० औं स्याटेलाइट प्रक्षेपण सफल

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘नेभिगेसन स्याटेलाइट एनभीएस–०२’ बोक्ने आफ्नो