पाकिस्तानमा सैनिक कारबाहीमा ३० विद्रोहीको मृत्यु


इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तीनवटा छुट्टाछुट्टै कारबाहीमा तीस आतङ्ककारी मारिएका सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले सुरक्षा बलहरूले प्रान्तको जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन गरेको विज्ञप्तिमा जनाएको छ ।

लक्की मारवाटमा अपरेशनको क्रममा १८ आतङ्ककारी मारिए र छ जना घाइते भएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ । काराक जिल्लामा अन्य आठ आतङ्ककारी मारिएको आईएसपीआरले जनाएको छ ।

आईएसपीआरका अनुसार कारबाहीमा ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको छ ।

इलाकामा अन्य आतङ्ककारीहरूको उपस्थितिलाई हटाउन क्लियरेन्स अपरेशन भइरहेको छ । सेना पाकिस्तानबाट आतङ्कवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ ।