श्रीलङ्काको समुद्री इलाकाबाट ५० भन्दा बढी भारतीय मछुवा पक्राउ



कोलम्बो । श्रीलङ्काको जलसेनाले श्रीलङ्काको जलक्षेत्रमा अवैध रूपमा माछा मार्ने क्रममा यस वर्ष अहिलेसम्म ५० भन्दा बढी भारतीय मछुवाहरूलाई पक्राउ गरेको नौसेनाले जनाएको छ ।

नौसेनाले तीन भारतीय माछा मार्ने डुङ्गाहरू कब्जामा लिए र ३३ भारतीय मछुवालाई हिरासतमा लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

डुङ्गा र मछुवालाई उत्तरी श्रीलङ्काको तलाइमन्नारको उत्तरी समुन्द्रबाट नियन्त्रणमा लिइएको नौसेनाले जनाएको छ ।

नियन्त्रणमा लिएका डुङ्गा र माछा मछुवालाई इरानातिभु टापुमा ल्याइयो र कानुनी कारबाहीका लागि सम्बन्धित अधिकारीलाई बुझाइएको नौसेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने

फ्रान्कफुर्ट । जर्मनीको अर्थतन्त्र सन् २०२५ मा ०.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको

बर्ड फ्लुका कारण बाघिनीको मृत्युपछि उत्तर प्रदेशका सबै चिडियाखाना, सफारी पार्क अस्थायी रूपमा बन्द

इटावा, उत्तर प्रदेश । गोरखपुरको ‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार

वासिङ्टन । कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति

दक्षिण कोरियामा रोजगारी वृद्धि

सियोल । दक्षिण कोरियामा रोजगारी अप्रिलमा लगातार चौथो महिनामा वृद्धि भएको छ ।