आफूले बेलारुसमा लोकतन्त्रको अभ्यास गरिरहेको लुकासेन्कोको दाबी



मिन्स्क । क्रेमलिनका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएका छन् ।

लुकासेन्कोले आइतबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि प्रतिक्रिया दिँदै आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताएका हुन् ।

उनले करिब एक हजारको हाराहारीमा रहेका राजनीतिक बन्दीले माफी मागेमा उनीहरूलाई रिहा गर्न सकिने उक्त अवसरमा बताए । तर उनले निर्वासित विरोधीहरूसँग वार्ता गर्ने बिषयलाई अस्वीकार गरे ।

“बेलारुसमा हामी ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेका छौँ,” आफ्नो सातौं कार्यकालका लागि भएको निर्वाचनमा मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै उनले भने ।
उनले भने, “हामी कसैलाई दबाब दिँदैनौँ र कसैको वाक स्वतन्त्रतामा बन्देज लगाउने छैनौँ ।

जेलमा रहेका आलोचकहरूले माफी माग्नुपर्छ भन्दै उनले भने, “यदि उहाँहरूले माफी माग्नुभएन भने उहाँहरू ठीक भएको दावी हो । प्रशासनले उहाँहरूले गल्ती गरेको अभियोगलाई अदालतले दोषी ठहर गरेपछि मात्रै उहाँहरूलाई जेल सजाय सुनाएको र जेलमा पठाएको हो । रिहाईका लागि उहाँ (विपक्षी) हरूले माफी माग्नुपर्छ।”

पत्रकार सम्मेलनमा लुकासेन्कोले युरोपेली सङ्घको आलोचनालाई पनि नकारेका छन् । युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले लुकाशेन्कोको ‘कुनै वैधता नभएको’ र उनको नेतृत्वमा भइरहेको राष्ट्रपतिको निर्वाचनलाई ‘लोकतन्त्रको घोर अपमान’ भनेका छन् ।

लुकासेन्कोले अन्य देशले निर्वाचनको परिणामलाई मान्यता दिने वा नदिने भन्ने विषयमा आफूलाई कुनै चिन्ता नभएको बताउँदै ‘यो स्वादको विषय’ भएको बताए ।

उनले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफूविरुद्ध लडेका स्वेतलाना तिखानोभस्कायाजस्ता निर्वासित प्रतिद्वन्द्वीसँग कुरा गर्ने विचारलाई पनि अस्वीकार गरे । उनले भने, “मैले उनीहरूसँग के कुरा गर्नुपर्ला?“

उनले निर्वासनमा रहेकाहरूले आ–आफ्नो छनौट गरेको बताउँदै भने, “हामीले कसैलाई पनि देशबाहिर धकेलेका छैनौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मङ्गलबार भएको विस्फोटमा एक आत्मघाती बम

सवारी दुर्घटनामा भारतमा सात जनाको मृत्यु

नयाँदिल्ली । भारतको मध्य प्रदेशमा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग गाडी ठोक्किँदा ७ जनाको

उत्तर कोरियाले रुसलाई लामो दूरीको तोपखाना दिएको सियोलको भनाइ

सियोल । मस्को र प्योङयाङबीच सैन्य सम्बन्ध गहिरिँदै जाँदा उत्तर कोरियाले रुसलाई दुई