नाइजेरियामा सैनिक कारबाहीमा २५ लडाकुको मृत्यु



अबुजा । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।

नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका जानकारी दिए ।

बुबाले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताए ।

बुबाले भने,“लडाकुहरूको मृत्यु नाइजेरियाको उत्तरपश्चिमी भागमा महत्त्वपूर्ण धक्का थियो । लडाकुहरूको यो समूहले यस क्षेत्रभरि धेरै अपहरण र आतङ्कवादी आक्रमणहरूको लागि जिम्मेवार थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण

ताइयुवान। चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ उपग्रह

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

रायपुर । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै

भियतनाम प्रहरीद्वारा अवैधरूपमा डलर कारोबार गर्ने गिरोह पक्राउ

हनोई । भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध

इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

तेल अभिव । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो