जकार्ता । इन्डोनेसियाको बाली टापुको एउटा गाउँमा सोमबार पहिरो जाँदा कम्तीमा पाँच जना मजदुरको मृत्यु भएको छ ।
प्रारम्भिक रिपोर्टहरूका अनुसार बालीको प्रान्तीय राजधानी डेनपसारको उबुङ काजा गाउँमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा तीन जना कामदारहरू प्रकोपबाट बच्न सफल भएका छन् । अहिले उनीहरू नजिकैको अस्पतालमा भर्ना भएका छन् ।
बालीको खोज तथा उद्धार एजेन्सीका प्रमुख न्योमन सिडकार्यका अनुसार मृतकहरुलाई पहिचानका लागि नजिकैका अस्पतालमा लगिएको छ ।
पहिरोको मुख्य कारण भने खुल्न सकेको छैन । तर उक्त क्षेत्रमा आइतबार मुसलधारे पानी परेको थियो । उनले वर्षाको समयमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरे ।
इन्डोनेसियाले मौसममा प्रायः हाइड्रोमेटोरोलोजिकल प्रकोपहरू अनुभव गर्दछ ।

प्रतिक्रिया