बेरुत । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले लेबनानमा इजरायली सैन्य अभियान रोक्न आह्वान गरेका छन् ।
दक्षिणी लेबनानमा रहेको संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युनिफिल) को मुख्यालयमा शान्ति सैनिकहरूलाई सम्बोधन गर्दै गुटेर्रेसले भने,’इजरायलको रक्षा बलद्वारा युनिफिल क्षेत्रभित्रको निरन्तर कब्जा र लेबनानी क्षेत्रमा सैन्य कारबाही चलाउनु उल्लङ्घन हो । यो सुरक्षा को लागी एक निरन्तर खतरा हो । उनीहरू रोकिनुपर्छ ।’
‘हामीले लेबनानी सशस्त्र सेनालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह जारी राख्नेछौं । अगाडिको बाटो चुनौतिहरूले भरिएको छ,’ उनले भने ।
गुटेरेसले हिजबुल्लाह–इजरायल द्वन्द्वको समयमा शान्ति सैनिकहरू विरुद्ध आक्रमणको पनि आलोचना गर्नुभयो । सबै पक्षहरूले संयुक्त राष्ट्रका कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने आश्वासन दिए ।
उनले भने, ‘संयुक्त राष्ट्र शान्ति सैनिकहरू विरुद्ध आक्रमणहरू पूर्णतया अस्वीकार्य छन् ।’
संयुक्त राष्ट्र प्रमुखले युनिफिलले १०० भन्दा बढी हतियार भण्डार पत्ता लगाएको बताए । लेबनानी सेनाको पहुँच सुनिश्चित गर्न संयुक्त राष्ट्र सङ्घले सम्बन्धित देशहरूसँग मिलेर काम गरिरहने बताए । गुटेरेस औपचारिक भ्रमणमा बिहीबार बेरुत गएका हुन् ।

प्रतिक्रिया