भारतमा सवारी दुर्घटनामा ९ जनाको मृत्यु



नयाँदिल्ली ।  पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य ६जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँ नजिक पुणे–नासिक राजमार्गमा भएको हो।

दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुलाई नजिकैको अस्पतालमा लगेका थिए।

प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ। भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

जिउक्वान । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह

चीनको जनसङ्ख्या घट्ने क्रम जारी

बेइजिङ ।  छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको चीनको जनसङ्ख्या

बाइडेनद्वारा लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका २५ सयलाई क्षमादान

वासिङ्टन ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका करिब दुई हजार

चीनको आर्थिक वृद्धिदर दशकयताकै सुस्त

बेइजिङ । चीनले गत वर्ष दशकयताकै सबैभन्दा कम आर्थिक वृद्धिदर हासिल गरेको तथ्याङ्कले