चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण
जिउक्वान । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ । पीआरएससी– ई०१ नामको स्याटेलाइट दिउँसो १२:०७ मा प्रक्षेपण गरिएको थियो ।
उक्त स्याटेलाइट लङ मार्च–२डी वाहक रकेटद्वारा आफ्नो कक्षमा सफलतापूर्वक प्रवेश गर्यो । रकेटले दुई अन्य उपग्रहहरू टियानलु–१ र लान्टान–१ पनि बोकेको थियो ।
यो प्रक्षेपणले लङ्ग मार्च क्यारियर रकेट शृङ्खला समावेश ५५६औँ उडान मिसनलाई चिह्न लगाइयो ।