इस्लामावाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिमी खैबर पख्तुनख्वा जिल्लामा एक महिना भन्दा बढी लामो कारबाहीमा २२ लडाकू मारेका छन् ।
गत वर्ष डिसेम्बर १४ मा जिल्लाको तिराह क्षेत्रमा अपरेशन सुरु गरिएको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आइएस्पिआर) ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मारिएका व्यक्तिहरू निर्दोष नागरिकहरूको हत्यालगायत धेरै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न थिए । सेनाले उक्त क्षेत्रमा बाँकी खतरा हटाउन अपरेशन पनि सुरु गरिएको थियो ।

प्रतिक्रिया