इजरायली सेनाद्वारा सिरियाबाट तीन हजार थान हतियार बरामद



इजरायल । गतवर्ष डिसेम्बरको मध्यमा सिरियाका पूर्व राष्ट्रपति बसर अल–असदको पतन पछि इजरायली सेनाले सिरियाबाट तीन हजार ३०० भन्दा बढी हतियार बरामद गरेको दाबी गरेको छ ।

सेनाका अनुसार हतियारमा आर्मी ट्याङ्क, एन्टिट्याङ्क, आरपीजी लन्चर, शेल्स मोर्टार, मोर्टार बम, निगरानी उपकरण र अन्य हतियार समावेश छ ।

यो विकास इजरायलले आफ्नो सिमाना सुरक्षित गर्न र छिमेकी देशहरूबाट हुने खतरासँग जुध्न गरेको व्यापक प्रयासको एक हिस्सा हो । गाजा, लेबनान र सिरियाका युद्ध क्षेत्रहरूमा इजरायलको सेनाले एक लाख ७० हजार हतियार र अन्य वस्तुहरू कब्जा गरेको दाबी गरेको छ ।

यसैबीच, गत महिना राष्ट्रपति बसर अल–असद परिवारको दशकौं लामो शासनको अन्त्य गर्ने नयाँ सिरियाली सरकारले देशको पूर्वाधार र अर्थव्यवस्थाको पुनर्निर्माण गर्न धनी खाडी मुलुकहरूबाट लगानी खोजिरहेको छ ।

सिरियाको अर्थतन्त्र एक दशकभन्दा बढीको युद्धले नराम्ररी प्रभावित भएको छ । सरकारले आर्थिक पुनरुत्थानको लागि लगानी आकर्षित गर्ने आशा गरेको छ ।
अल जजीराका अनुसार १३ वर्षको युद्ध र व्यापक भ्रष्टाचारपछि सिरियाको स्वास्थ्य सेवा पूर्वाधार जीर्ण अवस्थामा छ ।

नयाँ सरकारका नेताहरूले पनि आर्थिक सुधार र अन्य देशहरूसँग विशेष साझेदारी निर्माण गर्न विदेशी अधिकारीहरूसँग भेट गर्दैछन् ।

भर्खरै, सिरियाली नेता अहमद अल–शारा लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग भेटे । दुई नेताहरूले लेबनानमा ठूलो सङ्ख्यामा सिरियाली शरणार्थीहरूलाई घर जान सक्षम पार्ने तरिकाहरूबारे छलफल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४७ हजारको मृत्युपछि भएको युद्धविरामले ल्याएको खुसी

बीबीसी । लामो प्रयासपछि इजरायल र हमासबीच युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति

नासाद्वारा सन् २०२४ सर्वाधिक तातो वर्ष भएको पुष्टि

लस एन्जलस । नासाका वैज्ञानिकहरूको नेतृत्वमा गरिएको विश्लेषणले सन् २०२४ मा पृथ्वीको सतहको

पाकिस्तानमा सैन्य कारबाहीमा चार विद्रोहीको मृत्यु

इस्लामाबाद । पाकिस्तानी सुरक्षा बलहरूले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा गुप्तचरमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

बीबीसी । इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध अन्त्य गर्न युद्धविराम सम्झौता