ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित
लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू ग्लेन रकेटको पहिलो प्रक्षेपण रद्द गरेको छ ।
मानवरहित न्यू ग्लेन मिसनले ब्लु रिङ पाथफाइन्डरलाई कक्षामा लैजाने तयारी गरेको छ । यसले ब्लू रिङ ओर्बिटल ट्रान्सफर भेहिकलका प्रमुख प्रविधिहरूको परीक्षण गर्नेछ ।
न्यू ग्लेनलाई अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान १ः०० बजे प्रक्षेपण गर्ने योजना थियो । तर ब्लू ओरिजिनले प्रक्षेपण समय धेरै पटक ढिलाइ गरेको छ ।