सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने
बर्लिन । विद्युतीय सवारी साधनको तीव्र वृद्धि कारण सडक यातायातबाट सिओ–२ उत्सर्जन यो वर्ष विश्वव्यापी शिखरमा पुग्न सक्ने एक जर्मन थिङ्क ट्याङ्कले जनाएको छ ।
इन्टरनेशनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसन (आइसिसिटी) ले अनुमान गरेको अनुसार सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने छ, जुन पहिले अनुमान गरिएको भन्दा एक चौथाई बढी छ ।
उत्सर्जनको मात्रा सन् २०५० मा ७.१ गिगाटनमा झर्नेछ । आइसिसिटीले अगस्ट सन् २०२४ सम्म विस्तार भएको वातावरणीय नियमहरूमा आधारित परिदृश्यमा गणना गरेको हो ।
आइसिसिटीले नयाँ बिक्रीमा ब्याट्रीबाट चल्ने कारहरू लगायत शून्य उत्सर्जन सवारीसाधन (जेडइभी) को ठूलो हिस्सा आवश्यक पर्ने प्रमुख बजारहरूमा परिवर्तन भएका नियमहरूका कारण तीव्र परिवर्तन भएको बताएको छ ।
युरोपेली सङ्घले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिबन्ध लगाउन सहमत भएको छ । हाल उक्त योजनाको आलोचना बढेको छ ।
यो युरोपको सङ्घर्षरत अटोमोटिभ उद्योगबाट बढ्दो आलोचनामा आएको छ । हाल धेरै दक्षिणपन्थी राजनीतिक दलहरूको लागि मुद्दा बनेको छ ।
थिङ्क ट्याङ्कले बनाएका दुई परिदृश्यहरू बीचको भिन्नता पहिले नै महत्त्वपूर्ण थियो । पेरिस जलवायु सम्झौता अनुरूप हुनको लागि सन् २०५० सम्ममा वार्षिक उत्सर्जन २.३ गिगाटनले घटाउनुपर्नेछ ।
जलवायु सम्झौताले ग्लोबल वार्मिङलाई पूर्व–औद्योगिक स्तरभन्दा दुई डिग्री सेल्सियसभन्दा कम र सम्भव भएमा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखेको छ ।
आइसिसिटीले आफ्नो मोडलिङमा सवारी साधन उत्पादन र इन्धन प्रयोग सहित सडक यातायातसँग सम्बन्धित सबै उत्सर्जनहरू समावेश गरेको छ ।