नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या



नाइजेरिया । जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तिमा ४० किसानको हत्या गरेको छ ।

बोर्नो राज्यका सूचना आयुक्त उस्मान ताररले वेस्ट अफ्रिका प्रान्त (आइएसडब्लुएपी) का लडाकुहरूले आइतबार राति चाड तालको किनारमा रहेको डुम्बामा धेरै किसानहरूलाई गोली हानेर मारेको बताए ।

“प्रारम्भिक रिपोर्टहरूले करिब ४० किसानहरू मारिएका देखाएका छन् । आक्रमणबाट बाँचेका धेरै किसानहरूलाई उनीहरूको परिवारसँग पुनर्मिलन गर्न खोजी भइरहेको छ,” तारले भने।

राज्य सरकारले यस क्षेत्रमा जिहादीहरूसँग लडिरहेका सेनालाई विद्रोही तत्वलाई ट्र्याक गर्न र नष्ट गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु

सुडान । सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा

गाजामा युद्धविरामका लागि कतारमा पुनः वार्ता, वार्ता सहमति नजिक

बीबीसी । गाजामा लडाइँ रोक्ने सहमतिलाई अन्तिम रूप दिन वार्ताकारहरूले कतारमा फेरि बैठक

एलन मस्कले टिकटक किन्न खोज्दै

न्युयोर्क । चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको

उत्तर कोरियाद्वारा पूर्वी सागरमा क्षेप्यास्त्र प्रहार

सियोल ।  उत्तर कोरियाले मङ्गलबार पूर्वी सागरतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको