ट्रम्पसँग वार्ताका लागि पुटिन तयार : क्रेमलिन



मस्को । क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएका छन् । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो।

जनवरी २० मा पदवहाली गर्नुहुने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताएका छन् तर कुनै ठोस योजना प्रस्तुत गरेका छैन।

‘राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनुभएको छ’, पुटिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरू भने।

ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताएका थिए । ‘उहाँ भेट्न चाहनुहुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ’, फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको बैठकमा ट्रम्पले भने, ‘राष्ट्रपति पुटिन भेट्न चाहनुहुन्छ, उहाँले त्यो सार्वजनिक रूपमा पनि भन्नुभएको छ र हामीले त्यो युद्ध समाप्त गर्नुपर्छ, त्यो एउटा रक्तपातपूर्ण अवस्था हो।’

क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ लाई स्वागत गरेको पेसकोभले शुक्रबार बताए । उनले मस्कोसँग बैठक आयोजना गर्न कुनै पूर्वशर्त नरहेको बताए ।

‘कुनै शर्त आवश्यक छैन । संवादमार्फत समस्या समाधान गर्न आपसी इच्छाशक्ति र राजनीतिक इच्छाशक्ति चाहिन्छ’, दैनिक पत्रकार सम्मेलनमा उनले भने ।

द्वन्द्वको द्रुत अन्त्यका लागि ट्रम्पको आशाले मस्कोका लागि अनुकूल सर्तहरूमा युक्रेन शान्ति सम्झौता स्वीकार गर्न बाध्य हुनसक्ने किएभमा चिन्ता बढाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गरेदेखि वासिङ्टनले युक्रेनलाई दशौँ अर्ब डलर सहयोग गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यस्तो समर्थनबिना आफ्नो देशले युद्ध हार्ने थियो भने ।

उनले ट्रम्पलाई आफ्नो ‘शक्तिमार्फत शान्ति’ प्रस्तावलाई समर्थन गर्न दबाब दिइरहेका छन् । यसमा लडाइँ अन्त्य गर्ने कुनै पनि समाधानको अंशका रूपमा नाटो सुरक्षा र ठोस पश्चिमी सुरक्षा ग्यारेन्टीको खोजी गरिएको छ ।

युक्रेनको विदेश मन्त्रालयले पुटिनसँगको कुनै पनि आगामी भेटबारे ट्रम्पको टिप्पणीलाई अस्वीकार गरेको छ ।

‘ट्रम्पले पहिले नै यस्तो बैठकको योजनाका बारेमा कुरा गरिसक्नुभएको छ, त्यसैले हामी यसमा नयाँ केही देख्दैनौँ’, प्रवक्ता जोर्जी टाइखीले भने । ‘हाम्रो स्थिति धेरै सरल छ : युक्रेनमा हामी सबै युक्रेनका लागि निष्पक्ष रूपमा युद्धको अन्त्य गर्न चाहन्छौँ र हामी देख्छौँ कि राष्ट्रपति ट्रम्प पनि युद्धको अन्त्य गर्न कटिबद्ध हुनुहुन्छ।’

युक्रेनले पदवहालीपछि ट्रम्प र जेलेन्स्कीसहित ‘तुरुन्तै’ किएभ र वासिङ्टनबीच उच्चस्तरीय छलफलको तयारी गरिरहेको टाइखीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा ट्रम्प बिना शर्त रिहाइ

  न्युयोर्क । ह्वाइट हाउसमा पहिलो अपराधी बन्नबाट जोगिन अमेरिकी राष्ट्रपति–निर्वाचितको अन्तिम प्रयासका

बन्धक जायदना ‘हमासको कैदमा मारिएको’ इजरायली सेनाद्वारा जानकारी

जेरुसेलम । गाजामा गत अक्टोबर ७ मा भएको आक्रमणपछि लडाकुले बन्धक बनाएका एक

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने

लस एन्जलस डढेलो: कम्तीमा १० जनाको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको