ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै



 

मस्को । क्रेमलिनले अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको ग्रिनल्यान्डमाथिको दावीलाई नजिकबाट नियालिरहेको सरकारका एक प्रवक्ताले बताएका छन् । साथै क्रेमलिनले हाल यो केवल बयानबाजीमै सीमित रहेकोमा राहत व्यक्त गरेको छ ।

ट्रम्पले मङ्गलबार पत्रकार सम्मेलनमा आर्कटिक टापुको नियन्त्रण लिन सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेनन् । उनले यसअघि डेनमार्कले आफ्नो स्वायत्त क्षेत्र हस्तान्तरण गर्न अस्वीकार गरे उच्च भन्सार महसुल लगाउने चेतावनी दिएका थिए ।

“हामी परिस्थितिको यो नाटकीय विकासलाई धेरै नजिकबाट हेरिरहेका छौँ, यो भगवान्को कृपाले अहिलेसम्म बयानको स्तरमा मात्र छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “हामी यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न इच्छुक छौँ र यस शान्ति र स्थिरताका लागि कुनै पनि पक्षसँग सहकार्य गर्न तयार छौँ ।”

उनले सन् २०२२ मा जनमत सङ्ग्रहका आधारमा रुसले चार युक्रेनी क्षेत्र विलय गरेको तर्फ इङ्गित गर्दै ग्रिनल्यान्डका जनताको इच्छाबारे पनि सोधिनुपर्ने सुझाव दिए । “हामीले यी मानिसहरूको विचारप्रति पनि त्यस्तै सम्मान देखाउनुपर्छ”, उनले भने ।

पश्चिमी देशहरू र किएभले युक्रेनका चारवटा क्षेत्रमा रुसले गरेको विलयलाई अवैध र जनमत सङ्ग्रहलाई नक्कली भनी निन्दा गरेका थिए ।

ग्रिनल्यान्ड युरोपेली सङ्घ (इयु) को सदस्य डेनमार्कको खनिज समृद्ध स्वायत्त क्षेत्र र २७ सदस्यीय ब्लकको सम्बद्ध क्षेत्र हो ।

ट्रम्पले मङ्गलबार छुट्टै पनामा नहरको नियन्त्रण हासिल गर्न सैन्य बल प्रयोग गर्ने र छिमेकी क्यानाडाविरुद्ध आर्थिक बल प्रयोग गर्ने सुझाव दिएका थिए । पनामा नहर संयुक्त राज्य अमेरिकाले दिवङ्गत राष्ट्रपति जिमी कार्टरको कार्यकालमा पनामालाई फिर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

इस्लामावाद । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने

लस एन्जलस डढेलो: कम्तीमा १० जनाको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको

पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न

दुई वर्षको रिक्ततापछि लेबनानको राष्ट्रपतिमा सेना प्रमुख अउन निर्वाचित

बेरुत । लेबनानका सांसदहरूले बिहीबार सेना प्रमुख जोसेफ अउनलाई दुई वर्षको पद रिक्ततापछि