वी नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको प्रमुख नियुक्त



नयाँदिल्ली । भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को नयाँ प्रमुख र अन्तरिक्ष विभागको सचिवको रूपमा नियुक्त गरेको छ ।

सरकारी आदेश अनुसार, नारायणनले जनवरी १४ मा पदभार ग्रहण गर्नेछन् । उनी वर्तमान इसरो अध्यक्ष एस सोमनाथको उत्तराधिकारी हुनेछन् ।

एक प्रतिष्ठित इसरो वैज्ञानिक नारायणन हाल लिक्विड प्रोपल्सन सिस्टम्स सेन्टरका निर्देशकको रूपमा सेवा गर्छन् ।

भारतको सरकारी प्रसारक अल इन्डिया रेडियोले नारायणन स्पेसक्राफ्ट प्रोपल्सन विशेषज्ञ रहेको बताए । उनी सन् १९८४ मा इसरोमा सामेल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तिब्बतमा भूकम्पपछि एक हजार २११ परकम्पन

ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

बेइजिङ । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष

उत्तरी सिरियामा टर्की र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको

ट्रम्पले कार्यभार सम्हाल्नुअघि जर्मनीमा युक्रेनका सहयोगी राष्ट्रहरूको रक्षा बैठक

जर्मनी । पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक