मेटाले अमेरिकी तथ्य जाँच बन्द गर्नु ‘खतरनाक समय’को सुरूवात : रेसा



तेहरान । फिलिपिन्सका नोबेल पुरस्कार विजेता मारिया रेसाले सामाजिक सञ्जाल मेटाले फेसबुक र इन्स्टाग्राममा आफ्नो अमेरिकी तथ्य जाँच कार्यक्रम बन्द गर्नु ‘अत्यन्त खतरनाक समय’ को सुरूवात भएको बताएकी छन् ।

एएफपीलाई दिएको अन्तर्वार्तामा उनले सो कुरा बताएकी हुन् । फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेको पालामा दायर गरिएको अदालती मुद्दासँग जुध्दै रेसा र उनले स्थापना गरेको राप्लर न्यूज साइटले वर्षौंसम्म अनलाइन गलत सूचनाविरुद्ध लडेका छन् ।

सन् २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता तथा वरिष्ठ पत्रकार रेसाले मेटाको निर्णयले पत्रकारिता, लोकतन्त्र र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि ‘अत्यन्त खतरनाक समय’ आउन लागेको सङ्केत भएको बताइन् ।

“मार्क जुकरबर्गले यो अभिव्यक्ति स्वतन्त्रताको मुद्दा हो भन्नुभएको छ । यो सरासर गलत हो,” रेसाले मनिलास्थित र्‍यापलरको समाचार कक्षमा एएफपीसँग भनिन् ।

“यदि नाफामा आधारित संस्थाले मात्र यो दाबी गर्न सक्ने तर यदि शक्ति र पैसा नचाहने स्वतन्त्र संस्था हो भने त्यसले त्यो दाबी गर्नु सही होइन । यो व्यक्तिको सुरक्षाको कुरा हो।” उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लस एन्जलसमा डढेलोमा परी एक हजार भन्दाबढी घर जलेर नष्ट, पाँच जनाको मृत्यु

बीबीसी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलोमा परी पाँच जनाको मृत्यु भएको

एआई क्षेत्रमा लगानी गर्दै माइक्रोसफ्ट

नयाँदिल्ली । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र

रक्षामा जिडिपीको ३ प्रतिशत खर्च ‘यथार्थपरक’ : चेक प्रधानमन्त्री

  प्राग । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले नाटो सदस्यहरूलाई खर्च बढाउन आग्रह गरेको

वी नारायणन भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको प्रमुख नियुक्त

नयाँदिल्ली । भारतको सङ्घीय सरकारले वी नारायणनलाई भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को