नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका ‘प्रतिद्वन्द्वी’ लाई रोक्न सक्ने किमको भनाई



सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले सोमबार गरिएको परीक्षण प्रक्षेपणमा प्रयोग गरिएको नयाँ हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रमा देशको प्रतिद्वन्द्वीलाई रोक्न मद्दत गर्ने बताएका छन् ।

“हाइपरसोनिक मिसाइल प्रणालीले प्रशान्त क्षेत्रका कुनै पनि प्रतिद्वन्द्वीलाई विश्वसनीय रूपमा नियन्त्रण गर्नेछ जसले हाम्रो राज्यको सुरक्षालाई असर गर्न सक्छ”, प्रक्षेपणको निरीक्षण गरेका किमले केसीएनए राज्य समाचार एजेन्सीमार्फत भनेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उत्तर कोरियाको कट्टर प्रतिद्वन्द्वी रणनीतिक सहयोगी दक्षिण कोरियाको भ्रमण गरेपछि यो परीक्षण भएको हो । दक्षिण कोरिया उत्तर कोरियासँग प्राविधिक रूपमा अझै युद्धमा छ ।

एक विज्ञप्ति जारी गर्दै किमले क्षेप्यास्त्र एक हजार पाँच सय किलोमिटर (९३० माइल) उडेको र ध्वनिको गतिभन्दा १२ गुणा तीव्र गतिमा उडेर पानीमा खसेको बताए । उक्त दूरी दक्षिण कोरियाली सेनाले दिएको एक हजार एक सय किलोमिटर (६८० माइल) को आँकडाभन्दा बढी हो ।

“यो स्पष्ट रूपमा आत्मरक्षाको योजना र प्रयास हो, आक्रामक योजना र कार्य होइन”, किमले भने ।

तथापि उनले यसले ‘कुनै पनि घना रक्षात्मक अवरोधलाई प्रभावकारी रूपमा भेदन गर्दै प्रतिद्वन्द्वीलाई गम्भीर सैन्य प्रहार गर्नसक्छ’ भन्दै क्षेप्यास्त्र प्रणालीको कार्यक्षमता ‘विश्वव्यापी रूपमा बेवास्ता गर्न नसक्ने बताए ।

“सैन्य शक्ति बन्ने लक्ष्य राखेको उत्तर कोरियाको रक्षा क्षमताको विकास अझै तीव्र गतिमा अघि बढ्नेछ”, उनले भने ।

ब्लिन्केन र उनका दक्षिण कोरियाली समकक्षी चो ताई–युलले संयुक्त पत्रकार सम्मेलनमा प्रक्षेपणको निन्दा गरे । त्यहाँ बाहिरिँदै गरेका अमेरिकी शीर्ष कूटनीतिज्ञले यसले जापानसँगको त्रिपक्षीय गठबन्धन गहिराउनुको महत्त्व देखाएको बताए ।

नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछि उत्तर कोरियाले सोमबार गरेको यो पहिलो परीक्षण हो ।

यसअघिको प्रक्षेपण नोभेम्बरमा भएको थियो । त्यसबेला उसले आफ्नो सबैभन्दा उन्नत र शक्तिशाली ठोस इनधन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को परीषण गरेको दाबी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तरी सिरियामा टर्की र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको

ट्रम्पले कार्यभार सम्हाल्नुअघि जर्मनीमा युक्रेनका सहयोगी राष्ट्रहरूको रक्षा बैठक

जर्मनी । पश्चिमी सहयोगीहरू र युक्रेनी अधिकारीहरू राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक

बङ्गलादेशको गार्मेन्ट उद्योगमा सुधारको सङ्केत देखिएको व्यवसायीको भनाइ, श्रमिक आन्दोलन भने जारी

ढाका, । बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन्

आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ